सिने पत्रकारहरुको अभिनय प्रेम । स्वस्तिका पनि 'सेतो बाघ'मा देखिदै ।

 [dropcap][/dropcap]लचित्र नगरी भनेको यस्तो नगरी हो, जहा जो मान्छे यसमा आउछ उसलाई चलचित्रको नशा नै लाग्छ, जसले गर्दा उसले त्यति सजिलै यो नगरी चाहेर पनि छोड्न सक्दैन, यो रागिन नगरीको बारेमा पत्रकारिता मार्फत जानकारी गराउने पत्रकारलाई समेत चलचित्र पत्रकारमा मात्र सिमित नराखेर चलचित्र भित्र नै प्रवेश गराएको छ । नेपालको सन्दर्भमा बरिष्ठ देखि कनिष्ट सबैखाले सिने पत्रकार हरु चलचित्रको सानै भएपनि कुनै दृश्यमा देखिदै आएका छन । यस्ता सिने पत्रकारहरुमा शान्ति प्रिय, सुरेश दर्पण पोखरेल, शिशिर भण्डारी, सुमन दहाल, प्रदिप निरौला लगायत अग्र पंक्तिमा आउछ ।
यहि क्रममा नारी भएर पनि सिने पत्रकारितामा सक्रिय रहेकि स्वस्तिका चिलुवाल पनि पछिल्लो समय कांचको पर्दामा हामफालेकि छिन ।sostikaनीर शाहको निर्देशनमा बनिरहेको चलचित्र सेतो बाघमार्फत उनी अभिनयमा प्रवेश गरेकि हुन । चलचित्रमा स्वस्तिकाको राज खानदानको राजपुरोहितको बाल विधवा छोरीको भुमिका छ । राजाको छोरीको अति मिल्ने साथी को भुमिकामा उनी अत्यन्त सरल स्वभावकी छिन । लामो समयदेखि सिने पत्रकारको रुपमा आफुलाई चलचित्रमै समर्पित गदै आइरहेकि उनी पनि सेतो बाघमा उनले गरेको अभिनय ले कलाकारको रुपमा स्थापित गराउनेमा आशावादी छिन । तर उनलाई अभिनयमा भन्दा पत्रकारितामा नै रुचि रहेको र सेतो बाघ एक एैतिहासिक कथा भएकोले मात्रै अभिनय गरेको उनको भनाई छ ।

सेतोबाघ डायमण्ड शमशेरको एैतिहासिक कुति सेतो बाघ माथि निर्माण भइरहेको फिल्म हो । नीर शाहले निर्माण एवं निर्देशन गरिरहेको यस फिल्मबाट अभिनेता पवन मैनाली समेत अभिनयमा फर्किएका छन । उनको साथमा बि एस राणा राजाराम पौडेल लागयतका थुप्रै कलाकारहरुका फिल्ममा अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

पोर्नस्टार सन्नी लियोन नेपाल आउदै ।

Read Next

'फिटकिरी'ले झुक्याएको दर्शकको गुनासो ।