
अपराधिक घटनामा प्रेमकथा मिसाएर चलचित्र ‘निसाफ’ बन्ने भएको छ । चलचित्र ‘निसाफ’लाई विवेक सापकोटाले निर्देशन गर्दैछन् ।
चलचित्रमा अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहनेछ ।
सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन् । दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहने चलचित्रको बितरण रोहित रत्नले गर्नछन् । आगामी फागुन ५बाट चलचित्र छायाँकनमा जाने तयारी भइरहेको निर्देशक विवेक सापकोटाले बताए ।

