कालिञ्चोकको हिउँमा निखिल उप्रेतीले प्रियंका कार्की सग यसरी माफ मागे (भिडियो )

एक्शन स्टार निखिल उप्रेतीको अभिनय रहेको नया चलचित्र ‘राधे’को गीत सार्वजनिक गरिएको छ ।”मलाई माफ गर प्रिया “बोलको सार्वजनिक गीतमा निखिल सगै प्रियंका कार्कीलाई समेत फ़िचरिङ्ग गरिएको छ ।
nikhil and priyanka karki radhe namaste ffilmyदोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकमा हिउँ परेको बेला छायांकन गरिएको यस गीतलाई नृत्य निर्देशनले रामजी लामिछाने निकै सुन्दर तरिकाले निखिल उप्रेती र प्रियंकाको प्रेमभाव झल्काएका छन् । चलचित्रको गीतको भिडियो चिसो मौसमलाइ चुनौती दिँदै रामजीले निकै सुन्दर सुन्दर दृश्य कैद गरेका छन् ।अर्जुन पोखरेल शब्द तथा संगीत रहेको यस गीतमा इन्डियन गायक अभिजीत भट्टाचार्य को स्वर रहेको छ ।
नया बर्षको अबसर पारेर वैशाख १ गते रिलिज गर्ने चलचित्र ‘राधे’लाई सफल निर्माता सुशिल पोख्रेलले निर्माण गरेका हुन ।सचलचित्रमा निखिल र प्रियंका कार्की सगै अशिष्मा नकर्मी , प्रमोद अग्रहरी,शिशिर भण्डारीको अभिनय रहने छ भने विशेष भूमिकामा सलोन बस्नेत पनि देखिनेछन् ।

Namaste Filmy

Read Previous

‘कुम्भ करण’को टिजर रिलिज (भिडियो)

Read Next

रातो चेकसर्टमा नायिका वर्षा राउत बबाल देखिए पछि (भिडियो सहित )