
चलचित्र ‘लप्पन छप्पन’को अफिसियल गीत सार्वजनिक भएको छ । ‘माया बढ्यो झन् झन्’ बोलको गीतको भिडियोमा दीपकराजको स्वर, शब्द र संगीत छ ।यो गीतमा चलचित्रका नव-कलाकार प्रकाशजंग शाह र सिड खरेलको साथमा नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।
गाेल्डेन हिल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको छ । एक्सन थ्रिलर कथामा गरिएको ‘लप्पन छप्पन’मा सौगात मल्ल, दयाहाङ राई अभिनेता अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेल लगायतले अभिनय गरेका छन्।
डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत रहेको छ ।चलचित्र चैत्र ११ गते बाट प्रदर्शन आउदैछ ।

