'फिटकिरी'ले झुक्याएको दर्शकको गुनासो ।

fitkiri film[dropcap][/dropcap]त शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फिटकिरी’को मिश्रित प्रतिक्रिया आइरहेको छ । मल्टिप्लेक्स मा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको बताइए पनि मोफसलका सिंगल थिएटरहरुमा फिल्मलाई दर्शकले नराम्रो फिल्मको संज्ञा दिएका छन । फिल्मको कलाकार तथा अभिनय राम्रो रहेपनि कथा अत्यन्त झूर रहेको प्रतिक्रिया दर्शकहरुले दिएका छन । धनगढिको चन्दन टाकिजमा फिल्म हेरेर फर्किएका दर्शकहरु फिल्मको ब्यापक प्रचारप्रसारले आफुहरु झुक्किएको गुनासो गरे । फिल्ममा कलाकार बाहेक अरु केहि पनि राम्रो नरहेको बताउदै दर्शकहरुले फिल्म नाटकिय भएको बताए । उनीहरुले फिल्मको कथा केहि पनि नबुझेको भन्दै आक्रोश समेत पोखेका छन ।

त्यस्तै नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा फिल्म हेर्न आउने दर्शकहरुले पनि फिल्म राम्रो नरहेको प्रतिक्रिया दिएका छन । शनिवार फिल्म हेरेर निस्कदै गरेका एक दर्शक उत्तम अधिकारीका अनुसार बाहिर मिडियामा भइरहेको पब्लिसिटी र राम्रो कलाकारहरु रहेकोले आफु फिल्म हेर्न आएको बताए । तर फिल्म छेऊ न टुप्पोको रहेको बताउदै उनले सौगात, दियाजस्तो राम्रो कलाकारले यस्तो फिल्म खेल्नु नै गल्ती भएको औल्याए । उनी मात्र नभई मोफसलको विभिन्न हलहरुमा फिल्म हेर्ने दर्शकहरुले फिल्म सोचेअनुसार नरहेको प्रतिक्रिया दिइरहेका छन ।

विभिन्न मिडियाहरुमा भएको ब्यापक प्रचारप्रसारले फिल्म राम्रो हुन सक्ने दर्शकहरुको अनुमान थियो । तर सोचेअनुरुप फिल्मको कथा नभएको थाहा पाएपछि बिस्तारै फिल्मको दर्शक घट्ने देखिन्छ ।
फिटकिरीलाई अर्जुन कुमार र सुमित मैनालीले निर्माण गरेका हुन भने अनुप बरालले निर्देशन गरेका हुन । फिल्ममा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

सिने पत्रकारहरुको अभिनय प्रेम । स्वस्तिका पनि 'सेतो बाघ'मा देखिदै ।

Read Next

चितवनमा मनले मनलाई छुन्छको पोस्टर लञ्च । स्व निर्देशक रेग्मीकी आमा भाव बिह्वल ।