दयाहाङ राई अभिनित 'लालटिन'अब जेठ २६मा आउने 'नया टिजर सार्वजनिक (भिडियो)

चैत्र १८ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालटिन’को रिलिज मिति सरेको छ ।अब चलचित्र ‘लालटिन’जेठ २६ मा रिलिज हुने भएको छ ।दयाहाङ राईको अभिनय रहेको लूट २ र ‘लप्पन छप्पन’ लगातार रिलिज हुने भए पछि दयाहाङ कै अभिनय ‘लालटिन’को ब्यापारमा फरक पर्ने हुदा चलचित्रको रिलिज मिति सारिएको निर्माण टिमले जानकारी दिएको छ ।
laltin
चलचित्रको नया रिलिज मिति सगै चलचित्रको नया टिजर समेत सार्वजनिक गरिएको छ ।दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।

Namaste Filmy

Read Previous

बहुप्रतीक्षित चलचित्र ‘लुट २’हेर्न १६ बर्ष मुनिका बालबालिकालाई अभिभावक चाहिने

Read Next

चलचित्र "मेरो देश" हाम्रै देश भित्रको कथा :नायिका निशा अधिकारी