चितवनमा मनले मनलाई छुन्छको पोस्टर लञ्च । स्व निर्देशक रेग्मीकी आमा भाव बिह्वल ।

[dropcap]अ[/dropcap]गामी चैत्र २८ गते रिलिजको तयारीमा रहेको चलचित्र मनले मनलाई छुन्छ युनिटले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पोस्टर लञ्च गरेको छ ।10149275_620628631352401_1455849569_nआइतबार बरिष्ठ चलचित्र निर्देशक स्व शिव रेग्मीको निवासमा आयोजना गरीएको कार्यक्रममा शिव रेग्मीको बारेमा तयार पारिएको ६ मिनेटको बायोग्राफीसमेत देखाइएको थियो । रेग्मी निवास भरतपुर नगरपालिका ४ मा सम्पन्न कार्यक्रममा राजधानीबाट आएका तथा चितवनबाटै सक्रिय पत्रकार एवं फिल्मकर्मीहरुको साथमा स्थानिय शुभेच्छुकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।DSC06748चलचत्रि मनले मनलाई छुन्छका निर्माता सुनिल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ रहनुभएको थियो भने बिशिष्ट अतिथिमा साहित्यकार प्रेम बिनोद नन्दन रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा नायिका गरिमा पन्त, स्व निर्देशक रेग्मीकी आमा भक्त माया रेग्मी, श्रीमति ज्ञानु रेग्मी, नारायणी कला मन्दिरको अध्यक्ष दिलिप पिया, मिना खरेल, नायक बिरेन श्रेष्ठ, चलचित्र पत्रकार संघका केन्द्रिय सचिव दिनेश सिटौला, चलचित्र पत्रकार संघ चितवनका कार्यबाहक अध्यक्ष रवि अधिकारी, बिनय श्रेष्ठ लगायतका रहनुभएको थियो ।1555761_620628628019068_312540220_n

कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र र एकदमै उत्कृष्ट बनेकोले सबैलाई हेरिदिन आग्रह गर्नभयो । उहाले फिल्मको अभिभावक नभएपछि सबैबाट हेपिएको बताउदै आफुहरुले निकै दुख गरेर फिल्म रिलिज गर्न लागिएको बताउनुभयो ।त्यस्तै नायिका गरिमा पन्तले हरेका कलाकारलाई एउटा राम्रो ब्यानर, राम्रो निर्देशक र आफ्नो सशक्त अभिनय भएको चलचित्र खेल्ने रहर हुने र आफ्नो त्यो रहर चलचित्र मनले मनलाई छुन्छ ले मेटाइदिएको बताइन । त्यस्तै स्व रेग्मीकी पत्नी ज्ञानु रेग्मीले चलचित्र मनले मनलाई छुन्छ स्व निर्देशक रेग्मीको आफन्तपछि उत्कृत्ट चलचित्र बनेको बताउदै आफ्नो पतिको अन्तिम सिर्जना भएकोले सबैलाई एकपटक चलचित्र हेर्नको साथै पत्रकार हरुलाई चलचित्रको राम्रो प्रचार गरिदिन आग्रह गर्नभयो ।10002651_620629038019027_501050884_nकार्यक्रममा बोल्दै प्रमुख अतिथि रिद्धिचरण श्रेष्ठ तथा बिशिष्ट अतिथि प्रेम बिनोद नन्दनले शिव रेग्मी एक उत्कृष्ट स्कृप्टराइटरको साथै सफल निर्देशक भएको भन्दै उनी मरेर गए पनि उनले गरेका सिर्जनाहरु कहिल्यै नमर्ने भन्दै उनी चितवनकै गौरव रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न फिल्मकर्मी, पत्रकार तथा स्थानिय अगुवाहरुले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको अवधिभर स्व रेग्मीकी आमा भक्त माया रेग्मी आफनो छोराको कुराहरु सुनेर भाव विह्वल भइरहेकी थिइन ।10009468_620629244685673_1067668591_nकार्यक्रममा प्रमुख अतिथि रिद्धिचरण श्रेष्ठ र रेग्मीकी आमा भक्तमाया रेग्मीले चलचित्र मनले मनलाई छुन्छको पोस्टर लञ्च गरेका थिए । साथै शिव रेग्मीको बारेमा तयार पारिएको ६ मिनेट ३५ सेकेन्डको बायोग्राफि पनि उपस्थित सबैलाई देखाइएको थियो । बायोग्राफि हेरेपछि उपस्थित प्राय सबैका आखाबाट आशु आएका थिए ।10152879_620629034685694_139398502_n DSC06765 DSC06752

Namaste Filmy

Read Previous

'फिटकिरी'ले झुक्याएको दर्शकको गुनासो ।

Read Next

सी.आइ.डी. का दया 'सिंघम २' मा देखिदै ।