फागुन १५ बाट छायांकनमा मधुमालती’

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा निर्माण हुन लागेको चलचित्र ‘मधुमालती’ घोषणा गरिएको छ ।तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको ‘मधुमालती’लाई शिशिर चालिसेले निर्देशन गर्दैछन् ।निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसँग २४ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।
madhu malati1फागुन १५ बाट फ्लोरमा जाने भनिएको चलचित्रको घोषणामा बोल्दै निर्देशन चालिसेले अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिँदै उत्कृष्ट फिल्म बनाउने प्रयास आफ्नो रहने उनले बताए ।
madhu malati2चलचित्रमा रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको मुख्य भूमिका रहने छ । दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत रहने ‘मधुमालती’मा निर्देशन चालिसेको कथा ,नवराज उप्रेतीको छायांकन रहने छ । शंकर कार्की निर्माता रहेको यस चलचित्रमा सह–निर्माता श्याम खड्का रहेका छ।
madhu malati१ करोड बजेटमा निर्माण हुने भनिएको फिल्मलाई काठमाडौं, ईलाम र हेलम्बुमा खिचिने बताइएको छ । फिल्म साहित्यकार रमेश विकलको उपन्यास ’मधुमालतीको कथा’मा आधारित नभएको समेत निर्माण टिमले स्पष्ट पारेको छ ।

Namaste Filmy

Read Previous

‘मन्दिरा’को छायांकन सकियो,छिट्टै रिलिज मिति तय गरिने

Read Next

‘दर्पणछाँया २’ को ट्रेलर सार्वजनिक(भिडियो)