बलिउडकै महगो आइटम नम्बरमा सोनाक्षी मच्चिइन ।

img1140208087_1_1बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अहिलेसम्मकै सबैभन्दा महगो आइटम डान्स गरेकि छिन । बोनी कपुरले निर्माण गरिरहेको फिल्म तेवरमा सोनाक्षीले आइटम डान्स गरेकी हुन । उक्त आइटम डान्सको लागी सोनाक्षीले साढे दुइकरोड पारिश्रमिक लिएका छन भने ७५ लाखको ड्रेस लगाएका छन । साजीद वाजीदले संगीत निर्देशन गरेको यस आइटम नम्बरलाई रेमो डिसुजाले कोरियोग्राफी गरेका हुन । यो बलिउडकै महंगो आइटम नम्बर भएको निर्माता बोनी कपुरको दाबी छ । सोनाक्षीले यसअघि अक्षयकुमारको फिल्म बोस को पार्टि अल नाइट मा आइटम डांन्स गरेकी थिइन । गत बर्ष धेरै निर्माताको आखामा परेकी यी नायिका पछिल्लो समय एकपछि अर्को गर्दै ब्यस्त भैरहेकी छिन । सोनाक्षीको लागी यो आइटम नम्बर पनि सफलताको एक खुडकिलो बन्न सक्ने भारतीय सञ्चामाध्यमहरुमा उल्लेख छ । फिल्म तेवर मा सोनाक्षीसंगै अर्जुन कपुर र मनोज वाजपेयीको समेत मुख्य भुमिका रहेको छ र । फिल्म यहि बर्षभित्रै रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

बन्दैछ अजयको सिंघम २ ।

Read Next

सपनालाई बोल्ड रोल दिने कोहि छ ?