
चलचित्र ‘लप्पन छप्पन’को नया गीत सार्वजनिक गरिएको छ। ‘पोको परेर’ बोलको गीतमा लूट २ निर्देशक निश्चल बस्नेतको स्वर तथा उनलाई नै गीतमा फ़िचरिङ्ग गरिएको छ । गीतमा दिपक आरजे शब्द र संगीत रहेको छ ।यूरोपको विभिन्न देशमा छायांकन गरिएको ‘लप्पन छप्पन’यहि चैत्र ११ गते बाट प्रदर्शनमा आउने भएको छ ।
गाेल्डेन हिल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको छ । एक्सन थ्रिलर कथामा गरिएको ‘लप्पन छप्पन’मा सौगात मल्ल, दयाहाङ राई अभिनेता अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेल लगायतले अभिनय गरेका छन्।
डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

