‘मेरी कुसुम’को अडियो र ट्रेलर सार्वजनिक,ट्रेलरमा देखियो मोहन बोगटीको एक्शन अबतार (भिडियो)

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर  सार्वजनिक गरिएको छ ।चलचित्रमा यूएइमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
mohan harsika
पत्रकार सम्मेलनमा चलचित्रको ३ गीत समावेश अडियो र एक्सनले भरिएको ट्रेलर रिलिज गरिएको हो ।नया“ शक्ति नेपालका नेता देवेन्द्र पौडेल, नायिका करिश्मा मानन्धर, चलचित्रका मुख्य कलाकार, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले एकसाथ अडियो विमोचन गरेका थिए ।
meri kusum
कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार मोहन बोगटीले आफूलाई सानैदेखि कलाकारितामा लाग्ने चाहना भएको बताए । उनले भने–‘प्रेम, संगीत र एक्सनले भरिएको चलचित्र निर्माण गरेका छौ । दर्शकका लागि ‘मेरी कुसुम’ एउटा सम्पूर्ण प्याकेजले भरिएको चलचित्र हो ।’ उनले आफू अब निरन्तर चलचित्र क्षेत्रमा लाग्ने समेत सुनाए ।
यस्तै, नायिका हर्षिका श्रेष्ठले चलचित्रको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाले पनि यसमा काम गरेको सुनाइन् । उनले, ‘मेरी कुसुम’ हेरेर दर्शकले एउटा प्रेम र एक्सनले भरिएको चलचित्रको स्वाद पाउने बताइन् । यो चलचित्रलाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन टंक बुढाथोकिको संगीत रहेको छ । चलचित्रकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कुँवर यसका सह–निर्माता हुन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज अन्तर्गत आज बाट बहुप्रतीक्षित चलचित्र ‘लुट २’ प्रदर्शनमा ।भिडियो

Read Next

चलचित्र ‘निसाफ’को मुर्हत सगै छायांकन सुरु