सी.आइ.डी. का दया 'सिंघम २' मा देखिदै ।

[dropcap]सो[/dropcap]नी टेलीभिजनको चर्चित क्राइम शो सी आइ डि का सिनियर इन्स्पेक्टर दयाले अब भने ठुलो पर्दामा हंगामा मच्चाउने भएका छन । एक्सन र कमेडी फिल्म निर्माण तथा निर्देशन गरिसकेका रोहित शेट्टीले उनलाई आफ्नो फिल्म सिंघम २ मा एक मुख्य भुमिका दिएका छन्।daya
उनि सी आइ डिमा जस्तै अजय देबगनसंग पुलिस अफिसरको रोलमा देखिने भएका छन्। एक सुत्र अनुसार दयालाइ यो रोलको लागि खिलाडी ५ नामक कार्यक्रमको एक कन्टेसटेन्टले सिफारिश गरेका थिए। अजय देवगनको सधै प्रशंसक रहेका दया स्वयम् अजय संग काम गर्न पाउदा निकै नै उत्साहित देखिएका थिए ।
यस फिल्मलाइ निर्माण पक्ष्यले १५ अगस्तमा रिलिज गर्ने तयारी गरि रहेको छ। स्मरण रहोस दयानन्द शेट्टी यस अघि २००७ मा जोनी गद्दार र २००९ मा रनवे गरि २  चलचित्रमा काम गरिसकेका छन् ।।

Namaste Filmy

Read Previous

चितवनमा मनले मनलाई छुन्छको पोस्टर लञ्च । स्व निर्देशक रेग्मीकी आमा भाव बिह्वल ।

Read Next

१३७ जनालाई धुलाई गरेपछि हेमाले पाइन राजेश हमालको तारिफ ।