स्वस्तिमा खड्का र आकाश श्रेष्ठ एकान्तमा (भिडियो)

गायक प्रनय क्याडी श्रेष्ठले गाएको एउटा पप गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । दुई साताअघि युट्युबमा अपलोड गरिएको गायक श्रेष्ठको स्वरको ‘एकान्तमा किन किन…’ शीर्षकको गीतको भिडियो यूट्युबमा अपलोड गरेको छोटो अवधिमै झन्डै एक लाख पटक हेरिएको छ । उक्त गीतमा गायक प्रनय क्याडी श्रेष्ठको स्वरका साथै शब्द तथा संगीत पनि उनकै छ ।
namaste filmyनिकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता आकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । सङ्सनेपालको च्यानलबाट अपलोड गरिएको यो भिडियोमा निर्देशकले एउटा वियोगान्त कथा प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन बिकेश धमलाले गरेका हुन् ।
सन् २०११ देखि अस्टेलियाको सिड्नीमा बसोबास गरिरहेका गायक श्रेष्ठ गायनमा सक्रिय हुने क्रममा छन् । पहिलो गीतबाटै गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना प्रस्तुत गरेका छन् । ललितपुरका स्थायी वासिन्दा प्रणय क्याडी श्रेष्ठले ‘एकान्तमा किन किन…’ गीतबाटै गायन यात्रा प्रारम्भ गरेका हुन् । पहिलो गीतबाट उत्साहजनक प्रतिक्रिया पाएका गायक श्रेष्ठले सांगीतिक क्ष्ँेत्रमा स्थापित हुने आशा समेत जनाएका छन् ।

Namaste Filmy

Read Previous

घोषणा भयो 'लम्फु'

Read Next

पशुपतिमा जोगीहरु नागिंदा पुजा गर्ने मैले कलाकारिता देखाउदा किन गालि : रिया श्रेष्ठ