साईली गीतलाई उछिन्दै युटुवको पहिलो ट्रेडिङ्गमा 'नाई मलाई थाहा छैन'(भिडियो )

केहि दिन अघि मात्रै रिलिज गरिएको गीत ‘नाई मलाई थाहा छैन’को चर्चा बजारमा निकै हुने थालेको छ ।सन्जिब पराजुली र टीका प्रसाईंको स्वर रहेको यस गीतको भिडियो अहिले नेपालको युटूब ट्रेन्डमा पहिलो नम्बरमा परेको छ।’सँग सँगै’ एल्बम सामबेश यस गीत केहि दिन भित्र युटूबमा सर्वाधिक हेरिएको भिडियो बन्न सफल भएको छ।करीव १ साता युटुवको टप ट्रेडिङ्गमा बसिरहेको साईलीलाई यस गितले द्रोसो नम्बरमा तल झार्दिएको छ ।
nai malai thaha chainगीतमा द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको छ।सबैको मुखमा झुण्डीने प्रकारको गीतलाई पछिल्लो समय धेरैले रुचाएका छन् ।गीतमा शब्द एकनारायण भण्डारी, संगीतकार आशिष अविरलको रहेको छ
गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । अफिसियल गीतको भिडियोलाई कभर भर्सन जस्तो बनाईएको उक्त गीतको भिडियोलाई युवराज पौडेलले खिचेका हुन् भने श्याम कुनवारले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

पशुपतिमा जोगीहरु नागिंदा पुजा गर्ने मैले कलाकारिता देखाउदा किन गालि : रिया श्रेष्ठ

Read Next

शोभित बस्नेतको निर्देशनमा "बाबू-कान्छा" निर्माण हुने