मोहन बोगटीको ‘मेरी कुसुम’ जेठ २५ मा नेपाल रिलिज

चलचित्र ‘मेरी कुसुम’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र जेठ २५ गते बाट रिलिज हुने भएको छ । यूएइमा बस्दै आएका कलाकार मोहन बोगटीले निर्माण गरेको चलचित्रको ट्रेलर सार्वजनिक सगै यसको चर्चा चल्न थालेको छ ।
mero kusumचलचित्रमा एन.आर घिमिरेले लेखन तथा निर्देशन रहेको छ ।चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेका छन् ।चलचित्रमा दिव्य सुवेदीको छायांकन टंक बुढाथोकिको संगीत रहेको छ । चलचित्रकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कुँवर यसका सह–निर्माता हुन् ।
नेपाल रिलिज अगाव चलचित्र ‘मेरी कुसुम’ यूएई, मलेसिया, कतार, बहराइन लगायतको देशमा प्रदर्शन गर्ने कलाकार तथा निर्माता मोहन बोगटीले जानकारी दिएका छन् ।

Namaste Filmy

Read Previous

गायीका माण्डवी त्रिपाठी “जिउने कोसीस”गर्दै (भिडियो )

Read Next

‘पलाँस’ मा रेखा थापाको यस्तो रुप हेर्नुहोश (भिडियो सहित )