शिव परियारको स्वरमा ‘निर्भय’ को रोमान्टिक गीत रिलिज (भिडियो )

यहि चैत्र ११ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘निर्भय’ को रोमान्टिक गीत रिलिज गरिएको छ ।”यो दुनियाको भर के”बोलको सार्वजनिक गीतमा अहिले चर्चित गायक शिव परियार र श्वेच्छा ठकुरीको स्वर सजिएको छ भने शब्द तथा संगीत भने अर्जुन पोखरेलले दिएका छन् ।
nikhil-nita-namaste filmyएक्शन किङ्ग अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुंगाना फिचरिङ भएको यो गीतको कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना सगै शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ । ‘निर्भय’लाई मधुसुदन भट्टराईले निर्देशन गर्नु भएको हो ।
प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।चलचित्रमा हिमाल केसीको एक्शन रहेको छ ।

Namaste Filmy

Read Previous

‘पलाँस’ मा रेखा थापाको यस्तो रुप हेर्नुहोश (भिडियो सहित )

Read Next

कलाकार दीपक क्षेत्रीको शल्यक्रियाको लागि "राज्जा रानी’बाट सहयोग सुरु