करिश्मा मानन्धरको अभिनय रहेको " हिरोज "को टिजर सार्वजनिक (भिडियो)

एनबी महर्जनको निर्देशन रहेको चलचित्र ” हिरोज ” को टिजर सार्वजनिक गरिएको छ ।तिन बर्ष अघि नै छायांकन गरिएको चलचित्र अब भने छिट्टै प्रदर्शनमा आउने भएको छ ।चलचित्र आगामी बर्षको साउन महिनामा प्रदर्शनमा आउने निर्माण टोलिले जानकारी दिएको छ ।
heroj karishma namaste filmyअभिनेत्री करिश्मा मानन्धर केन्द्रित चलचित्र हो हिरोज ।‘हिरोज’मा करिश्माको साथमा मुकेश ढकाल र जयकिसन बस्नेत , पूर्णिमा लामा ,संजोग राणा दिनेश डिसी लगायतको अभिनय रहेको छ ।
शिव ढकाल को छायांकन ,टंक बुढाथोकी र किशोर चौधरीको संगीत ,नृत्य निेर्देशन रामजि लामीछाने को रहेको छ । लाईफ रेस मुभिजको व्यानरको प्रस्तुतिमा निर्माण भएको हिरोज् मा लक्ष्मी लामा र शेखर लामाले संयुक्त लगानी गरेका हुन् । फिल्म को सम्पूर्ण छायांकन पोखरा र आसपासको क्षेत्रमा गरिएको हो ।
https://www.youtube.com/watch?v=_e4iTNaLd8g&feature=share&app=desktop

Namaste Filmy

Read Previous

कलाकार दीपक क्षेत्रीको शल्यक्रियाको लागि "राज्जा रानी’बाट सहयोग सुरु

Read Next

बन्ने भयो 'कथा काठमण्डु'