‘राधे’को ट्रेलरमा निखिल उप्रेतीको एक्शन अवतार (भिडियो)

एक्शन स्टार निखिल उप्रेतीको मुख्य अभिनय रहेको  चलचित्र ‘राधे’को ट्रेलर सार्वजनिक गरिएको छ ।निखिललाई कमान्डोको अवतारमा प्रस्तुति गरिएको ‘राधे’को ट्रेलरमा समाबेश खतरनाक तथा डर लाग्दो दृष्यहरुले चलचित्रलाई हेर्न दर्शक हल सम्म आउन सक्ने देखिएको छ ।यस अघि चलचित्रमा सामबेश गीत र टिजरले चर्चा बटुलेको ‘राधे’को ट्रेलरले थप चर्चा बटुल्ने देखिएको छ ।
radhe trailarवैशाख १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधे’मा निखिल सगै प्रियंका कार्की ,अशिष्मा नकर्मी , प्रमोद अग्रहरी,शिशिर भण्डारीको अभिनय रहने छ भने विशेष भूमिकामा सलोन बस्नेत पनि देखिनेछन् ।
जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन ।चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ।

Namaste Filmy

Read Previous

युएईमा जियानसँग निताको रोमान्स

Read Next

नायक प्रदीप खड्काको जन्म दिनमा ‘प्रेमगीत २’ को रिलिज मिति घोषणा