१३७ जनालाई धुलाई गरेपछि हेमाले पाइन राजेश हमालको तारिफ ।

[dropcap][/dropcap]गामी जेठ ९ गते बाट अल नेपाल प्रदर्शन हुने फिल्म ‘हँसिया‘ को प्रोमो तथा अडियो लञ्च गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि अडियो तथा प्रो लञ्च गर्नुका साथै फिल्मको बारेमा जानकारीसमेत दिइयो । स्मरण रहोस यसअघि नै फिल्मको एक गीत सार्वजनिक भइसकेको छ ।hasiyaकार्यक्रममा उपस्थित महानायक राजेश हमाल ले फिल्मभित्र नायिका हेमा श्रेष्ठले गरेको द्वन्द को दृश्य को खुलेर तारिफ गरे । हेमाले फिल्ममा तामिल स्टाइलको खतरानाक छन्दका दृश्यहरु दिएकि छिन । राजेशले फिल्ममा आफनो आफनो भुमिका भन्दा पनि हेमाको द्धन्द उत्कृष्ट रहेको बताउदै फिल्मको हिरो नै हेमा भएको बताए ।

यता फिल्मको बारेमा बोल्दै तेक्वान्दोको थर्ड डन समेत रहेकी नायिका हेमाले फिल्ममा निकै नै मेहेनत गरेको बताइन । फिल्मका का निर्देशक मिलन चाम्स ले एउटा स्तरीय सिनेमा बनेको बताए । उनले फिल्ममा खर्चको कुनै कम्प्रोमाइज नगरेको र ९३ दिन लगाएर छायांकन गरिएको पनि बताए । फिल्मचित्र नायिका हेमा श्रृष्ठले १ सय ३७ जना संग फाईट खेलेकी छिन ।hasiya1मिलन चाम्सको डेब्यु निर्देशन र दुर्गा घलेको लगानी रहेको यस सिनेमाको कुल लागत एक करोड पन्ध्र लाख रहेको दाबी गरिएको छ । कल्याण सिंहको संगीत रहेको फिल्ममा राजेश पायल राई र सिवानी मोक्तानको स्वर छ ।

फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठ संगै म्यानहन्ट इन्टरनेशल बिजेता अनुप बिक्रम शाही , रुबी राना , बिशाल ढुंगाना , आलोक कार्की लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको को नेपाल अघि नै यही अप्रिल २७ तारिखमा हङकङ र अप्रिल २८ तारिखमा लण्डनमा रेड कार्पेट प्रिमियर शो आयोजना हुँदैछ ।

Namaste Filmy

Read Previous

सी.आइ.डी. का दया 'सिंघम २' मा देखिदै ।

Read Next

ब्यापारिक छलफलपछि पोर्नस्टार सन्नी लियोन आजै मुम्बई फर्किन सक्ने ।