ब्यापारिक छलफलपछि पोर्नस्टार सन्नी लियोन आजै मुम्बई फर्किन सक्ने ।

[dropcap]पो[/dropcap]र्नस्टार सन्नी लियोन एकाएक नेपाल आउने थाहा पाएपछि नेपालीहरुमा एक किसिमका उत्सुकता पैदा भयो । बिश्वमै निलो फिल्म खेलेर चर्चा बटुलेका यी हिरोइन किन नेपाल आइन त खुल्न सकेको थिएन । तर उनी नेपाल ल्याण्ड भएर राजधानीको सोल्टी होटलमा पुगेपछि उनी ब्यापारिक अन्तरक्रियाको लागी नेपाल आएको बुझियो ।sunnyजानकारी अनुसार सन्नी लियोन इन्टरप्रेनर्स अर्गनाइजेस (इओ) नेपाल च्याप्टर ले आयोजना गरेको एक ब्यापारिक समारोहमा भाग लिन नेपाल आएकि थिइन । आइतबार साझ सोल्टी होटलमा आयोजित जीवनको अनुभव नामक एक अन्तक्र्रियात्मक कार्यक्रममा उनले आफ्नो जीवनको अनुभव समेत सुनाएकी थिइन । सोल्टी होटलको मालश्री हलमा आयोजित कार्यक्रममा करिब साढे २ घण्टा बिताएपछि सन्नी सांझको ककटेल पार्टीमा सहभागी भएकी थिइन । उनले आइतबार साझ नेपालको केहि युवा उद्यमीहरुसंग पनि भेट गरेकी छिन ।

आफ्नो पतिसंगै पहिलोपटक नेपाल आइपुगेकी सन्नी सोल्टी होटलका प्रतिदिन ५५ हजार तीन सय पचास पर्ने कोठामा बसेकि छिन । उनी बसेको कोठा जारा सिहंको नाममा बुक गरिएको होटल स्रोतले जनाएको छ ।
उनले सोमबार अर्थात आज पशुपतिनाथ लगायतको केहि पर्यटकिय स्थल अवलोकन गर्ने पनि बताइएको छ । उनी सकेसम्म सोमबार नै र नभए मंगलबार मुम्बई फर्किने कार्यक्रम रहेको बुझिएको छ ।sunny_031912101100सन्नी अभिनित फिल्म रागिनी एमएम एस २ यतिबेला नेपाली हलहरुमा पनि चलिरहेको छ । यस फिल्मलाई नेपाल बितरणको जिम्मा लिएको दर्शना आर्टसले सोमबार अर्थात आज नेपाली सञ्चारकर्मीहरुलाई संग सन्नीसंग भेटाउने प्रयास गरिरहेको बताइएको छ ।

सन्नीले यसअघि पनि जिस्म २, सुटआउट एत वाडाला, ज्याकपटलगायतको फिल्महरुमा अभिनय गरिसकेकी छिन ।

यसरी बनिन सन्नी पोर्न स्टार 
सन्नी लियोन बलीउडमा प्रवेश गरेरमात्रै भारतसँग जोडिएकी होइनन्, उनको भारतसँग त्यस अघि देखि नै गहिरो नाता थियो ।
 
सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन्, त्यसैले पनि भारत उनको मावली देश हो ।
पछिल्लो समय अफगानिस्तानबाट फर्किएपछि सन्नीका बुबा र उनको बारेमा मिडियामा खुबै चर्चा भएको थियो ।
मेल अनलाइनका अनुसार सन्नीका एक नातेदारले भनेका छन्, ‘परिवारका लागि यस्तो हुनु निकै दुःखद् कुरा हो । उनका बुबा विश्वकै असल मानिसमध्ये एक हुनुहुन्छ र उहाँलाई आफ्नो छोरीप्रति अझै गर्व छ ।’
 
सन्नीकी भाञ्जी बहिनीले भनेकी छिन्, ‘मलाई विश्वास छ कि परिवारले सन्नीलाई अझै माया गर्छ । उनले गल्ती गरेकी हुन्, यसका बाबजुत पनि उनलाई गर्ने प्यारमा कुनै कमी आउने छैन ।’
 
सन्नी अमेरिकामा आफ्नो कलेज फि तिर्न नसकेर पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेशको कुरा सार्वजनिक भएको छ । सन्नीले आफ्नो कलेजको पढाईका कारण पोर्न इन्डस्ट्रीमा आउनु परेको तथ्य सार्वजनिक भएसँगै यसको खुबै चर्चा भइरहेको छ ।
 
उनलाई अहिले धेरैले सोध्ने गरेका छन्, ‘अन्य विद्यार्थीहरुले जस्तै अरु नै काममा पनि गर्न सकिन्थ्यो, किन पोर्न फिल्ममै लाग्नु प¥यो रु’ यद्यपी सन्नीले यस विषयमा केही बताएकी छैनन् ।

Namaste Filmy

Read Previous

१३७ जनालाई धुलाई गरेपछि हेमाले पाइन राजेश हमालको तारिफ ।

Read Next

आशा भोस्लेको स्वरमा यसरी बहकियो लक्ष्मीको मन । भिडियो ।