"चमेली" बन्दै प्रियंका कार्की निकै बोल्ड र हट अबतारमा प्रस्तुत (भिडियो)

चलचित्र ‘लालटिन’मा समाबेश आइटम गीत रिलिज गरिएको छ ।”चमेली”बोलको सार्वजनिक गीतमा नायिका प्रियंका कार्की निकै बोल्ड र हट रुपमा प्रस्तुत भएकी छिन्।प्रियंकालाई बोल्ड र हट अबतारमा नचाउने काम भने नुत्य निर्देशन कविराज गहतराज गरेका हुन् ।यस गीतलाई किरण माइकलको शब्द र संगीतमा आस्था राउतले आवाज दिएकी छिन् ।
priyanka laltinचलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीको अभिनय छ । नीर्जन थापा र राज कट्वालले फिल्ममार्फत डेब्यु गरेका हुन् ।
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।
देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लालटिन’जेठ २६ बाट रिलिज हुदै छ ।। हरि घलेको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ ।

Namaste Filmy

Read Previous

सलोन अब गायक पनि । 'बाबुकान्छा'को गीत गाए

Read Next

मोहन बोगटीको चलचित्र ‘मेरी कुसुम’ को गीत रिलिज (भिडियो )