वैशाखबाट फ्लोरमा ‘समर लभ’,निर्माणको औपचारिक घोषणा

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच चर्चित युवा लेखक सुविन भट्टराईको पुस्तक ‘समर लभ’मा आधारित रहेर निर्माण हुने चलचित्र औपचारिक घोषणा गरिएको छ ।चलचित्रको मुख्य दुई पात्र भेटिए सगै विगत २ वर्षदेखी निर्माण हुने चर्चा चलेको ‘समर लभ’ उपयूक्त पात्र भेटिएपछि निर्माण हुने पक्का भएको छ।
love saya
‘समर लभ’का मुख्य पात्र अतित र सायाको भूमिकामा अभिनय गर्ने आशिष पिया र रेवती क्षेत्रीलाई पत्रकार समू प्रस्तुत गर्दै चलचित्र वैशाखबाट फ्लोरमा जाने जानकारी दिइयो।
चलचित्रलाई लाई ‘नाईं नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले निर्देशन गर्नेछन्। काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिनेछ।निर्देशक मुस्कान ढकालले पुस्तक पढ्ने दर्शकलाई निराश नबनाई उत्कृष्ट चलचित्र बनाउने बताए ।
केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागी यो फिल्म डेब्यू हुनेछ भने रेवती २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ‘ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ‘खातुन’ नामको फिल्म समेत गर्दैछिन्।नेपाललाई मामाघर सम्झिने रेवतीले ‘समर लभ’ पुर्णत: पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुशी रहेको बताइन्।
सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् भने संगीत पुष्पन प्रधान रहने छ ।चलचित्रमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले लगानी रहने छ ।

Namaste Filmy

Read Previous

सुन्दर दृश्यहरु सामबेश ‘ए मेरो हजुर २’ को टिजर रिलिज (भिडियो)

Read Next

सबिन राईको स्वरमा ‘लप्पन छप्पन’ को नया गीत रिलिज (भिडियो )