चैत्र १४ मा मिसेस चितवनको फाईनल

मिसेस चितवन २०१७ को फाईनल प्रतिस्पर्धा यहि चैत्र १४ गते हुने भएको छ । दाताज ईभेन्टसले फाईनल प्रतिस्पर्धा बारे जानकारी दिंदै यसतो जनाएको हो ।फाईनल प्रतिस्पर्धा भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दिउँसो २ बजे हुनेछ । फाल्गुन १७ गते नारायणगढको होटल सेन्ट्रल पाल्मसमा अडिसन गरि १९ जनालाई छनौट पस्चात तालिममा रहेका प्रतिस्पर्धीहरुको फाईनल १४ गते गरिने जनाईएको छ ।
misesh chitwanकार्यक्रमका प्रमुख अतिथि पहिलो मिस नेपाल रुबी राणा शहाले चितवनमा पहिलो पटक वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि दुई महिलाले गरेको कार्यको सराहना गर्नुभयो । साथै उहाँले मिसेस चितवन २०१७ का सहभागीहरुमा आफ्नै चित्रण पाएको समेत बताउनुभयो । उहाँले पहिलो पटक मिस नेपालमा सहभागीता जनाउँदाको आफ्नो अनुभव समेत साट्नुभएको थियो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि जयन सुब्बा मानन्धरले यस्तो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले मिसेस चितवनका सहभागीहरुलाई प्रशिक्षण दिन पाउँनु गर्व अनी खुशीको कुरा भएको समेत बताउनुभयो ।
कार्यक्रमा बौल्दै आयेजक प्रतिनिधी दुर्गा घिमिरेले प्रतियोगितामा निष्पक्ष रुपमा निर्णय हुने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यस्तै अर्का आयोजक प्रतिनिधि मीना झाले प्रतियोगिता आकर्षण र सौन्दर्य क्षेत्रमा मात्रै सिमीत नभएर नारी सशक्तीकरणमा केन्द्रीत रहेको जानकारी गराउनुभयो । यस्तै कार्यक्रममा बौल्दै सहभागीहरुले यस प्रतियोगिताले गर्दा धेरै क्षेत्रमा ज्ञान प्राप्त गर्न सफल भएको भन्दै आयोजकद्धयलाई धन्यवाद दिएका थिए ।
प्रतिस्पर्धामा प्रथम हुनेले नगद रु ५०,००० ,द्धितिय हुनेलाई नगद रु ३०,००० र तृतीय हुनेलाई नगद रु २०,००० सहित आकर्षक पुरस्कार पैदान गरिनेछ । यसैवीच मिसेस चितवनका प्रतिस्पर्धीहरुको तालिम पनि जारी रहेको छ ।
यस किसिमको प्रतियोगिताले महिलाहरुमा रहेका विभिन्न किसिमको क्षमताहरुको पहिचान गरि सामाजिक क्रियाकलापमा अघि बढ्न सहयोग पुग्ने देखिएको छ । प्रतियोगितामा विभिन्न पेसा , व्यवसायी, सेवामा आवद्ध विवाहित महिलाहरुको सहभागिता रहेको छ।

Namaste Filmy

Read Previous

चितवनमा रोमान्स गर्दै भेटिए पल शाह र पूजा शर्मा

Read Next

जेठ १९ मा 'रातो घर'