आशा भोस्लेको स्वरमा यसरी बहकियो लक्ष्मीको मन । भिडियो ।

[dropcap]मो[/dropcap]डलिङ तथा ग्लामरको क्षेत्रमा  स्थापित मोडल लक्ष्मी बस्नेत पछिल्लो समय एक म्युजिक भिडियोमा देखिएकी छिन । लामो समय पछि चर्चित गायिका आशा भोस्ले ले गाउनुभएको ‘तिमीसंग बितेका कतिपय क्षणहरु’ बोलको गीतमा लक्ष्मीले मोडलिङ गरेकि हुन ।laxmiगीतअनुसार लक्ष्मीको मन बिगतमा साथ दिने मान्छेलाई सम्झिएर बहकिएको छ । लक्ष्मी बिगत लामो समयदेखि मोडलिङमा रमाउदै आएकी छिन । उनले यसअघि विभिन्न म्युजिक भिडियोहरु गर्नुका साथै विभिन्न विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन । पछिल्लो समय एक बिज्ञापन उजेन्सीमा समेट अबाद्ध लक्ष्मीले यस भिडियोले आफनो करियरमा एउटा इंटा थप्ने काम गर्ने  बिश्वास लिएकि छिन ।

‘वेभ अफ मेमोरी’ एल्बममा समावेश गीतमा ज्ञानेन्द्र गदालको शब्द र रञ्जीत गजमेरको संगीत रहेको छ । समीब प्रोडक्सनले निर्माण गरेको भिडियोमा लक्ष्मीसंगै धीरेन र सुदर्शनको पनि अभिनय रहेको छ । सञ्जय बरालले निर्देशन गरेको भिडियोमा हरि हुमागाईको छयांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

ब्यापारिक छलफलपछि पोर्नस्टार सन्नी लियोन आजै मुम्बई फर्किन सक्ने ।

Read Next

स्वयम्भु पुगे पोर्नस्टार सन्नी लियोन । फोटो फिचर ।