बलिउडका स्टार नेपाली फिल्ममा

rajpayl-and-aaryan-adhikari copyबलिउडका कमेडि स्टार राजपाल यादव यतिबेला नेपालमा छन । उनी नेपाली फिल्म ‘करोडपति’ छयांकनका लागि नेपाल आएका हुन । बलिउडमा राम्रो स्थान बनाएका राजपाल को नेपाली फिल्ममा आगमन हुनुलाई दर्शकले चासोका साथ लिइरहेका छन ।
करोडपति छयांकनका लागि उनी करिब २ साता नेपाल रहनेछन । उनी नेपाल आएको केहि दिन भइसकेको छ । फिल्ममा उनको भुमिका नेपालीकै रहेको बुझिएको छ । मुख्य भुमिका नै राजपालको रहेको बताइएको फिल्ममा अन्य दुई परिचित भारतीइ कलाकारको पनि अभिनय रहनेछ । जसको छयांकन भने मुम्बईमै हुनेछ । निर्माण युनिटले १५ दिन मुम्बईमा फिल्मांकन गर्ने तयारी गरेको छ ।
निर्देशको नामसमेत सार्वजनिक नगरेको फिल्ममा राजपालसँगै आर्यन अधिकारी र निता ढुङगानाले पनि अभिनय गरिरहेका छन । हालै आर्यनले राजपालसंगको तस्वीर शेयर गर्दै मामाभान्जा लेखेका थिए । यसर्थ राजपाल आर्यनको मामाको भुमिका रहेको बुझ्न सकिन्छ । फिल्मको मुस्ताङ र जोमसोममा पनि छयांकन हुनेछ । फिल्मको बारेमा थप कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

Namaste Filmy

Read Previous

'निर्भय' सुटिङको बेला ज्यानै जान सक्थ्यो : निखिल उप्रेती

Read Next

नायिका रेखा थापा कल गर्ल बन्दै (भिडियो)