निर्देशकको जन्मदिनमा 'ए मेरो हजुर २' को गीत रिलिज

E mero hajur 2 enwनायिकाबाट निर्देशक बनेकि झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ को टाइटल गीत रिलिज गरिएको छ । आइतबार थापाको जन्मदिनको अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । बिश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल लगायत उच्च भेगमा खिचिएको गीतमा उच्च मेकिङ झल्किएको छ ।
गीतमा फिल्मका दुई मुख्य कलाकार साम्रज्ञी राज्य लक्ष्मी शाह र सलिन मान बाँनिया फिचरिङ छन । सलिनको यो डेब्यु फिल्म हो । गीतमा देखिएको उनको लुक्स र पर्फमेन्सले फिल्म उद्योगमा एक आशालाग्दा प्रतिभा उदाएको मान्न सकिन्छ । गीतमा सुगम पोखरेलको स्वर तथा कल्याण सिहंको सँगीत रहेको छ ।
सुनिल कुमार थापा निर्मित फिल्ममा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्रा ढुङ्गाना लगायत मुख्य भुमिकामा छन् । फिल्म सेप्टेम्बर १ अर्था भदौ मा रिलिज हुनेछ । रिलिज मिति पनि आइतबारको कार्यक्रममा अफिसियल घोषणा गरिएको हो ।

Namaste Filmy

Read Previous

अनमोलको बिहे गरिदिने इच्छा छ । भुवनलाई सम्झिन्न : सुस्मिता केसी

Read Next

‘पलाँस’को ओएसटी गीतमा प्रदिप बाँस्तोला (भिडियो)