यस्तो छ 'लप्पन छप्पन'को चार दिनको कमाई

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ले राम्रो व्यापार गरेको छ ।चलचित्रले पहिलो चार दिनमा १ करोड ६४ लाखको व्यापार गरेको निर्माण टिम र वितरकले बताएका छन् ।
lappan chhapan namaste
वितरक गोविन्द शाहीले मोफसलबाट मात्र चलचित्रले ५५ लाखको कलेक्सन गरेको दाबी गरेका छन् । उपत्यकाबाट पहिलो दिन ३२ लाख, शनिबार ४५ लाख र आईतबार १५ लाख अनि सोमबार १७ लाख कमाएको छ ।चलचित्रले शनिबार देशभरका केहि हलमा हाउसफुलको व्यापार गरेको थियो ।
गाेल्डेन हिल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको छ । एक्सन थ्रिलर कथामा गरिएको ‘लप्पन छप्पन’मा सौगात मल्ल, दयाहाङ राई अभिनेता अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेल लगायतले अभिनय गरेका छन्।

Namaste Filmy

Read Previous

‘पलाँस’को ओएसटी गीतमा प्रदिप बाँस्तोला (भिडियो)

Read Next

रेखा थापाको ‘पलाँस’लाई बालबालिकाले हेर्न नपाउने