रेखा थापाको ‘पलाँस’लाई बालबालिकाले हेर्न नपाउने

यहि चैत्र १८ गतेबाट रिलिज हुन लागेको नायिका रेखा थापाले अभिनय चलचित्र ‘पलाँस’लाई चलचित्र सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ ।अब चलचित्र ‘पलाँस’लाई भने १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका छन् ।
rekha palshनायिका रेखा थापाले अभिनय गर्ने प्राय चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक हुन्छ । तर यस चलचित्रलाई भने केहि संवादका कारण एडल्ट सर्टिफिकेट सगै १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका हुन् ।
मंगलबार बेलुकी सेन्सर सकेपछि निर्मात्री कृषा चौलागाइले भनिन्–‘चलचित्रको केहि संवादका कारण एडल्ट सर्टिफिकेट मिलेको हो । तर, सेन्सरले कुनै दृश्य र संवाद काटेको छैन ।
सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसारपसारमा केन्द्रित छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

Namaste Filmy

Read Previous

यस्तो छ 'लप्पन छप्पन'को चार दिनको कमाई

Read Next

२४ बर्ष लागे स्टार नायक अनमोल केसी