कुमकुम भाग्यका चर्चित नायिका 'प्रज्ञा' नेपाली हुन ? 

Sriti-Jha-As-Pragya-Abhishek-Prem-Mehra-In-Kumkum-Bhagya-Wallpaper-02370अहिले भारतीय च्यानलमा नम्बर वान सिरियल बनेको छ ‘कुमकुम भाग्य’ । माया र परिवारको कथा यो सिरियलकी चर्चित नायिका प्रज्ञा (श्रीति झा) के नेपाली हुन ? बेलाबेलामा यो चर्चाले नेपामा राम्रै हल्ला फैलाउने गरेको छ । उनलाई नेपालमा जन्मिएकी नेपालकी छोरी हुन भन्ने कथन तपाईले पनि सुन्नुभएकै होला । कतिपयले त उनी नेपालको सर्लाहिमा जन्मिएकी र पछि भारत गएकि पनि भन्ने गरेका छन ।
तर खासमा उनी नेपालमा जन्मेकि होइनन् । उनी भारत बिहार राज्यको बेगुसराई दसभंगामा जन्मिएकी हुन । बास्तविक नाम श्रिति झा रहेकी उनी सन १९८६ फेब्रुअरी २६ मा जन्मिएकी हुन । उनले आफ्नो बाल्यकाल पनि कलकत्तामा बिताएकी हुन । करिब १० बर्ष कोलकत्ता बसेकि श्रीतीले प्रराम्भिक शिक्षा पनि त्यहि लिएकी हुन ।
त्यसपछि उनी उनका ब्यापारी परिवारसँगै काठमण्डौ आएकी हुन । काठमण्डौमा उनले केहि बर्ष बिताएकी छिन । काठमण्डौमा रहदै उनले आफेनो स्कुलिङ पुरा गरेकी हुन । उनले काठमण्डौको मोडर्न इन्डियन स्कुल काठमण्डौमा केहि बर्ष अध्ययन गरिन् । त्यसैले उनलाई नेपाली भन्नेहरु धेरै नै छन । उनी नेपाली राम्रैसँग बोल्न सक्छिन । नेपाली परिवेश र संस्कृतिलाई नजिकबाट चिनेकी उनले बेलाबेलामा नेपालबारे प्रतिक्रिया पनि दिने गरेकी छिन । यसरी नेपालमै जन्मिएको नभई उनी नेपालमा केहि बर्ष बसेकि हुन परिवारसँगै । नेपालबाट फर्किएपछि उनी लक्ष्मण पब्लिक स्कुल देल्लीमा पढेकी थिइन् ।
सन २००६ मा धुम मचाओ धुम बाट भारतीय टिभीमा झुल्किएकी उनी अहिले चर्चित बनिसकेकी छिन । हाल कुमकुम भाग्यबाट दर्शकले उनलाई राम्रैसँग चिनिसकेका छन । बुझिएअनुसार उनी छिट्टै बलिउड फिल्ममा पनि देखिनेछन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिजमा ‘पलाँस’,प्रिमियरमा सबैको तारिफ (भिडियो)

Read Next

निखिल एकाएक हराएपछि । भिडियो हेर्नुस