‘जोनी जेन्टलम्यान’को गीत रिलिज,पल रआँचलको जोडी जेठ १९ बाट हलमा (भिडियो)

चलचित्र ‘जोनी जेन्टलम्यान’को गीत रिलिज गरिएको छ । राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि चलचित्रको रिलिज मिति र गीत सार्वजनिक गरिएको हो ।चलचित्र जेठ १९ गते बाट प्रदर्शनमा आउने भएको छ ।
paul n achalसार्वजनिक “तिमि बिना मान्दैन” बोलको गीतमा चलचित्र मुख्य कलाकार पल शाह र आँचल शर्मा फ़िचरिङ्ग गरिएको छ ।गीतमा हर्कुलेस बस्नेतको शब्द संगीत र स्वर रहेको छ ।
चलचित्र ‘जोनी जेन्टलम्यान’लाई नितिन चन्दले निर्देशन गरेका हुन् ।चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।
६० दिन लगाएर सुटिङ सकाएको सिनेमा ‘जोनि जेन्टलम्यान’मा मोडल हुँदै नायक बनेका पल शाह र उनको प्रेमिका भनेर चिनिएकी नायिका आचल शर्माको जोडिलाई दर्शकले देख्न पाउने छन् । प्रेमकथामा आधारित रोमान्स र सामाजिक सन्देश रहेको एक्सन मुभी ‘जोनी जेन्टलम्यान’ मा पल शाहलाई फरक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले बताउँदै आएको छ ।

Namaste Filmy

Read Previous

'प्रेम गीत'को कभर सङ बिजेताले गए ‘प्रेमगीत २’मा गीत

Read Next

सरिता अधिकारीलाई कसले बनायो घायल (भिडियो)