मिलन चाम्सको निर्देशनमा "बब्बी" निर्माणको घोषणा

मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने नया चलचित्रको घोषणा गरिएको छ ।ब्लाइन्ड रक्स र ह्याप्पी डेज सम्पादन टेबुलमै रहँदा उनले मंगलबार अर्को नयाँ चलचित्र “बब्बी” घोषणा गरेका छन् । नर्वे र पोखरामा सुट हुने बब्बीमाउनले वास्तविक प्रेमकथा उठाएका छन् । रोचक कुरा, जसको जीवनमाआधारित छ, उनीहरु नै ‘बब्बी’का मुख्य कलाकार हुनेछन् ।
bobbyलामो समयदेखि नर्वेमा बस्दै आएका उमेश थापा र कविता गुरुङको जोडीलाई उनले रिल जीवनमा समेत चित्रण गर्न लागेकाहुन् । यीदुई जोडीको वास्तविक प्रेमकथा चित्रण गर्ने बताइएको फिल्मलाई संचारकर्मी नरेश भट्टराईलाई लेखेका छन् । उनको यो पटकथाकार डेब्यु हो ।
प्रेममाजातिय र वर्गीय द्धन्द्ध खेपेको उक्तजोडीले प्रेसमिटमा भावना, हाँसो र अपेक्षाका कुरा गरे । कविताले आफ्नालागिउक्तफिल्मजीवनको ठूलो गिफ्ट हुने बताउँदै गर्दा आफूलाई थाम्न सकिनन् र आँसु बगाइन् । पति समेत रहेकाउमेशले उनलाई सम्हाले र ढाडस दिए ।
लन्डन जाँदामिलनसँग भेटेपछि कविताले कथा सुनाएकी रहिछन् । ‘उसले मलाई कथा सुनाउँदा प्रत्येक प्लटहरु रोचक लाग्यो’ चाम्सले भने, ‘कथाले दर्शकलाई इन्गेज गराउँछ र दर्शकले भोगेको जीवन महसुस गर्छन् ।’चलचित्र मार्फत समाज सुधारको सन्देश दिने मिलनले बताए । यस्तो प्रेमकथाआफूले पहिलोपटक पढेको र सुनेको स्मरण गर्दै चाम्सले अहिले कलाकारलाई कार्यशालामा व्यस्ततु ल्याएको बताए ।
अंग्रेजी, नर्वेजियन सहितअन्य उपशीर्षकमा रिलिज हुने फिल्मको छायांकन जुन १७ देखि ओस्लोबाट हुनेछ । निर्देशक चाम्सले आफ्नो मुख्य उद्देश्य नेपाली सिनेमाको अन्तराष्ट्रियकरण हुने बताए । विजयलामा समेत मुख्य भूमिकामा अनुबन्धितभएका छन् । नवराज थापाको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, अर्जुन जिसीको सम्पादन रहेको सिनेमाको अहिले कार्यशाला भैरहेको छ ।

Namaste Filmy

Read Previous

पत्रकार शान्तिप्रियको छटपटीमा अभिनेत्री खुश्बु खड्का

Read Next

थाइल्यान्डमा छायांकन गरिएको ‘प्रेमगीत २’को निकै सुन्दर गीत सार्वजनिक (भिडियो)