थाइल्यान्डमा छायांकन गरिएको ‘प्रेमगीत २’को निकै सुन्दर गीत सार्वजनिक (भिडियो)

गएको बर्षको सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेमगीत २’ को गीत सार्वजनिक गरिएको छ । “कहानी यो प्रेमगीतको “सार्वजनिक गीतलाई थाइल्यान्डका निकै मनोरम द्रश्यहरु समाबेश गरिएको छ ।
prem geet 2रोहित जोहन क्षेत्री र श्रेय सोतांगको आवाज रहेको यस गीतललाई  अमृत मरहठले लेख्नु भएको हो । कल्याण सिंहको संगीत रहेको यस गीतलाई रेनाषा बान्तवा राईले निकै सुन्दर तरिकाले कोरियोग्राफी गरेकी छिन् ।गीतमा चलचित्रका मुख्य कलाकार अश्लेषा ठकुरी र प्रदीप खड्कालाई फ़िचरिङ्ग गरिएको छ ।
म्युजिकल ड्रामा जानरा थप गरिएको ‘प्रेमगीत २’माम्यानमार स्थित नेपाली डायस्पोराको कथापनि प्रस्तुत गरिएको छ । दोस्रो विश्वयुद्ध पछि त्यहाँ बस्दै आएका समुदायकी नेपाली पात्रसँग देशको प्रेम गाँसिएको छ ।चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने आशुसेन फिल्मसको ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् ।‘प्रेमगीत २’ साउन १३ गते बाट रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

मिलन चाम्सको निर्देशनमा "बब्बी" निर्माणको घोषणा

Read Next

फ्राइडे रिलिज :‘लभ लभ लभ’, ‘राधे’ र ‘घामपानी’को भिडन्त