
चलचित्र ‘रातो घर’ को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा पत्रकार भेटघाटको गर्दै चलचित्र ट्रेलर रिलिज गरिएको हो ।माङहिम फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त निर्माण रहेको ‘रातो घर’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् ।
रातो घरमा वील्सन विक्रम राई , संयम पुरी , गौरव पहारी, मेनुका प्रधान,, अनुराग कुवँर, विकेश श्रेष्ठ, जितेन लामा, भानु प्रताप, उपासना नेम्बाङ र माला लिम्बुको मुख्य भूमिका रहेको छ ।चलचित्र यही जेठ १९ गतेदेखि प्रदर्शनमा आउदै छ ।चलचित्र रातो घरको ‘झक्कास झापाली’बोलको यस अघि सार्वजनिक गीतले बजारमा राम्रै चर्चा बटुलेको छ ।
निकेश लिम्बु प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज र विल्सनको संयुक्त लगानी छ । प्रेसमिटमा कलाकार सुनिल थापाले ‘रातो घर’ निकै राम्रो फिल्म बनेको दाबी गरे । फिल्म हेरिसकेको खुलाउँदै उनले विशेष गरी कलाकारद्वाय विल्सन र अनुरागको काम राम्रो रहेको बताए ।पत्रकार भेटघाटमा सबै युनिटले चलचित्र निकै राम्रो बनेको हुदा सबै दर्शकलाई चलचित्र हेर्न समेत अनुरोध गरेका थिए ।
https://www.youtube.com/watch?v=vLpYXT03thA

