प्रदिप कुमार उदयको कार्य समितिले पदभार ग्रहण

नेपाल चलचित्र संघको नवनिर्वाचित ४२औ कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको कार्यालय विशालनगरमा भएको एक कार्यक्रमका बीच २ महिना अगाडी हेटौडामा निर्वाचित भएको समितिले निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
chalchitra-sangaपदभार ग्रहण गरेपछि प्रदीप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले एक अर्काको अस्तित्व स्विकार गर्न नसकेका कारण नेपाली फिल्म क्षेत्रका हित हुन नसकेको बताए । साथै बक्सअफिस सिस्टमको बारेमा बोल्दै जबसम्म चलचित्र घरलाई चोरको संज्ञा दिइन्छ तबसम्म चलचित्र घर बक्सअफिसको विरोधमा रहने बताए ।
प्रथम उपाध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मधुसुदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन, महासचिवमा अर्जुन श्रेष्ठ, उप-महासचिवमा मिजास पोखरेल, कोषाध्यक्षमा गोपालकाजी कायस्थलाई अध्यक्ष उदयले चयन गरेका हुन् ।
यस्तै, कार्यसमिती सदस्य पदमा त्रिरत्न मानन्धरलाई चयन गरिएको छ । यस्तै, उपत्यका सभापतिमा मदनमान बज्रचार्य, पश्चिमान्चल सभापतिमा कपिल प्रसाद द्धा, न्यायिक समिति सभापतिमा नारायणप्रसाद आचार्य, प्रदर्शन सभापतिमा त्रिरत्न मानन्धर, वितरण सभापतिमा विक्रम पराजुली, पूर्वाञ्चल सभापतिमा चैतन्य बराललाई मनोनयन गरिएको छ ।नेपाल चलचित्र संघ २०१३ सालमा स्थापना भएको थियो | यो नै नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था हो ।

Namaste Filmy

Read Previous

वन सटमा खिचिएको ‘जालो’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

तिहारमा नआउने भयो रजनीकांत र अक्षय कुमारको '2.0'