वि. पी. कोइरालाको जीवनीमा आधारित फिल्म बन्ने ।

bp koirala[dropcap]ने[/dropcap]पालमा बायोपिक फिल्म अर्थात कसैको जीवनीमा आधारित फिल्म कमै मात्र बन्ने गरेको छ । तर पछिल्लो समय नेपाली कांगेसका बरिष्ठ नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला उर्फ वि. पी. कोइरालाको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । कोइरालाको शत वार्षिकीको अवसरमा बिपी चिन्तन प्रतिष्ठानले उहाँको जीवनीमाथि चलचित्र बनाउने घोषणा गरेको हो ।
चलचित्र निर्माणको लागी आवश्यक तयारी सुरु गरिसकिएको प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलले जानकारी दिनुभयो ।
वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका बिपीका पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन अवस्थामा स्वतन्त्रका लागि गरेका सङ्घर्ष देखि बिपीको जन्म, राणाशासन र पञ्चायती शासनका विरुद्धमा उनले गरेका सङ्घर्ष, जेल जीवनलगायत विषयलाई चलचित्रमा जीवन्त रुपमा चित्रण गर्ने लक्ष्य राखिएको छ । चलचित्र करिब ७० लाखको लागतमा निर्माण हुने बताइएको छ ।bp

Namaste Filmy

Read Previous

क-कसले गर्छ 'मिस्टेक' ? भिडियो हेर्नुहोस ।

Read Next

नेपालको प्रशंसा गर्दै सोमबार मुम्बई फर्किइन सन्नी लियोन ।