तिहारमा नआउने भयो रजनीकांत र अक्षय कुमारको '2.0'

रजनीकांत र अक्षय कुमार चलचित्र ‘2.0’ तिहारमा नआउने भएको छ ।साइन्स थ्रिलर फिल्म २.० को चर्चा निकै हुदै गर्दा चलचित्रको प्राबिधिक काम नसकिएको हुदा अब चलचित्र तिहारमा रिलिज नहुने भएको छ ।५०करोड लगानी रहेको यस चलचित्रमा साइन्टिस्ट बनेका अक्षयकुमारले आफ्नो रुप भयानक बनाएका छन । उनको भयानक अवतारको लुक्सको तस्वीर हाल सोसल साइटमा निकै चर्चित बनेको छ ।
2.0 rajni ashyaअब चलचित्र २५  जनवरी रिलिज हुनेछ । चलचित्र VFX को काम न सकिने हुदा पनि चलचित्र रिलिज मिति सारिएको हो । शंकरको निर्देशन रहेको यो फिल्ममा रजनीकांत र अक्षय कुमार सगै एमी जैक्सन, सुधांशु पांडेर आदिल हुसैन मुख्य भूमिका मा देखा पर्दैछन् । चलचित्रमा एआर रहमानको संगीत रहेको छ । तिहारमा ‘2.0’ रिलिज न हुने भए पछि बलिउड स्टार आमिर खानको नया चलचित्र “सीक्रेट सुपरस्टार” र अजय देवगनको ‘गोलमाल ४’ को भिडन्त हुनेछ ।

Namaste Filmy

Read Previous

प्रदिप कुमार उदयको कार्य समितिले पदभार ग्रहण

Read Next

कलाकार प्रदिप सिहंको निधन