निलम चन्द सग नायक पल शाह'क्याटवाक' भन्दै (भिडियो)

चलचित्र ‘जोनी जेन्टलम्यान’ को दोस्रो गीत रिलिज गरिएको छ ।’क्याटवाक’ बोलको सार्वजनिक गीतमा नायक पल शाह र निलम चन्द फिचरिङ छन् । स्वचित शाक्यको शब्द ,संगीत र स्वर रहेको यस गीतलाई केशव थापा र सरिता राजचलको कोरियोग्राफी रहेको छ ।
paul shahजेष्ठ १९ गते रिलिज हुने चलचित्र ‘जोनी जेन्टलम्यान’लाई नितिन चन्दले निर्देशन गरेका हुन् ।चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।
‘जोनि जेन्टलम्यान’मा मोडल हुँदै नायक बनेका पल शाह र उनको प्रेमिका भनेर चिनिएकी नायिका आचल शर्माको जोडिलाई दर्शकले देख्न पाउने छन् । प्रेमकथामा आधारित रोमान्स र सामाजिक सन्देश रहेको एक्सन मुभी ‘जोनी जेन्टलम्यान’ मा पल शाहलाई फरक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले बताउँदै आएको छ ।

Namaste Filmy

Read Previous

आयुष्मान तनुजा सग रोमान्स गर्दै ( भिडीयो )

Read Next

चलचित्र ‘तुईन’ को ट्रेलर रिलिज (भिडियो)