भष्मे डन नाका’मा नाइके बन्दै

चलचित्र ‘पशुपति प्रसाद’ मा भष्मे डन बाट चिनिएका कलाकार विपिन कार्कीको मुख्य अभिनयमा नया चलचित्र ‘नाका निर्माण हुने भएको छ । वैशाख १४ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘नाका’मा उनी गुण्डाहरुको नाइके बन्ने भएका हुन् ।
naaka‘नाका’ ले नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीलाई देखौन खोजिने छ । यो चलचित्रको छायांकन सिन्धुपाल्चोकको तातोपानीमा हुनेछ ।चलचित्रको बारेमा उनी भन्छन्-‘भूकम्पपछि भएको नाकाबन्दी र त्यसले गुण्डाहरुको ग्याङलाई पारेको असरको कथामा यो चलचित्र निर्माण हुनेछ ।’
चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गर्न लागेका छन् । चलचित्रमा विपिन सगै रोविन तामाङ, सजन थापामगर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकनअघि नै यसको फस्टलुक पनि रिलिज गरिएको छ ।मिडिया आर्ट र हाइलाइट्स नेपालले मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘तुईन’ को ट्रेलर रिलिज (भिडियो)

Read Next

‘काले दाई’गीत पछि ‘पर्व’को ट्रेलरले युटुबमा हंगामा (भिडियो)