बलिउड अभिनेता बिनोद खन्नाको निधन

Binod khannaबलिउडका चर्चित अभिनेता बिनोद खन्नाको निधन भएको छ । उनको बिहिबार उपचारको क्रममा निधन भएको उपचाररत अस्पतालले पुष्टि गरेको हो । ७० बर्षीय यी अभिनेता लामो समयदेखि क्यान्सरबाट ग्रसित थिए । पछिल्लो महिना भने उनको अवस्था नाजुक बन्दै गएको थियो ।
झन्डै १०० भन्दा बढि हिन्दी फिल्ममा काम गरेका उनी सक्रिय नेता पनि हुन । उनी ४ पटकसम्म बिधानसभामा निर्वाचित भएका थिए भने एकपटक मन्त्री समेत बनेका थिए । उनको निधनमा बलिउडका स्टारहरुले दुख ब्यक्त गरेका छन ।

Namaste Filmy

Read Previous

‘छक्का पञ्जा २’को छायांकन सुरु, असोज ११ मा रिलिज गरिने

Read Next

नेपाल भरि 'बाहुबली २'हाउसफूल,शुक्रबार पौने दुई करोड व्यापारको अनुमान