नेपाल भरि 'बाहुबली २'हाउसफूल,शुक्रबार पौने दुई करोड व्यापारको अनुमान

बहुप्रतिक्षित चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’आज बाट विश्व भरि नौ हजार सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।चलचित्रले आज पहिलो दिन मात्रै भारतमा सबै भाषा सय करोड कमाउने अनुमान गरिएको छ ।चलचित्रमा मुख्य कटप्पले बहुबलीलाई किन मार्‍यो भन्ने कुरा निकै चर्चामा छ।बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’ चलचित्रको बाकी कथाको लागि हाल सम्म चलचित्र हेर्न जानु पर्छ ।
bahubali2२ सय ७० करोड भारुको लगानीमा निर्माण भएको यस चलचित्रले आज पहिलो दिन नेपाली बजारमा पौने दुई करोडको व्यापार गर्ने अनुमान गरिएको छ।चलचित्र प्रदर्शन भएको सबै हल हाउसफूल भएका छन् ।चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए सगै चलचित्रको भोलिको दिनमा व्यापार अझै राम्रो हुने देखिएको छ ।
bahubali 2 indradevभारतको अहिलेसम्मकै महंगो चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’लाई भारतीय मिडियाले चलचित्र निकै राम्रो बन्नुको साथै हेर्नु पर्ने भन्दै खुलेर तारिफ गरेका छन् ।’बाहुबली : द कन्क्लूजन’ मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् । ‘बाहुबली २’ नेपालमा १३० सिनेमा घरमा रिलिज भएको छ ।चलचित्र आगामी सोमबार सम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल भैसकेका छन् ।
bahubali darshak‘बाहुबली २’ आज चितवनको इन्द्रदेव सिनेमा र जलमा सिनेमामा हाउसफूलको व्यापार गरेको छ ।यहि हलमा सोमबार सम्मको टिकट बिक्रि भै सकेको छ ।यस्तै गणेश चलचित्र मन्दिर ,टाँडी र पर्सा सिनेमा घरमा पनि चलचित्रको ब्यबसाय निकै राम्रो रहेको छ ।चलचित्रमा मात्रै चलचित्रले आज १२ लाख माथिको कलेक्सन गरेको छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता बिनोद खन्नाको निधन

Read Next

‘बाहुबलीः द कन्क्लुजन’ हेर्न उर्लियो जना महासागर (भिडियो सहित)