नेपालको प्रशंसा गर्दै सोमबार मुम्बई फर्किइन सन्नी लियोन ।

[dropcap][/dropcap]इतबार नेपाल आइपुगेकी पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन सोमबार मुम्बई फर्किएकि छिन । सोमबार राती अबेर मात्र उनले  टवीट गर्दै नेपाल छाडन लागेको जनाएकी थिइन । उनले नेपाल छाडनुपर्दा दुखी रहेको र काठमाण्डु बसाई एक सम्झनायोग्य पल रहेको उल्लेख गरेकी छिन । उनले अगामी न्यु इयर सेलेब्रेशन पनि नेपालमा आई मनाउने मनशाय ब्यक्त गरेकी छिन । उनले अब प्रदर्शनरत फिल्म रागिनी एमएम एस २ को प्रोमोशनमा ब्यस्त हुने जनाएकि छिन ।sunny-leone-hot-modelनेपालको केहि युवा उद्यमीहरुको निमन्त्रणामा काठमण्डौ आइपुगेकि एडल्ट फिल्मका चर्चित हिरोइन सोमबार बिहान काठमण्डौका विभिन्न धार्मिक स्थलहरु पुगेकी थिइन । उनलेस्वयम्भु लगायतका केहि स्थानको अवलोकन गरेकि थिइन । पति एवं चर्चित रकस्टार डेनियल वेभरसंगै नेपाल आएकि सन्नीले नेपालको बातावरण को खुलेर प्रशंसा गरेकि थिइन । उनी नेपालमा रहदा होटल सोल्टी क्राउन प्लाजाको महङगो कोठा बुक गरेर बसेकि थिइन ।sunnyसोमबारको डिनरमा म म खाएको उल्लेख गर्दै सन्नीले दिनभरी म म को याद आएको उल्लेख गरेकि थिइन । उनले नेपालमा पनि आफना फ्यानहरु बाक्लो रहेको देखेर खुशी समेत ब्यक्त गरेकि छिन ।
हाल उनको अभिनय रहेको फिल्म रागिनी एमएमएस २ नेपाल लगायत  बिश्वभर प्रदर्शन भइरहेको छ । नेपालमा  उक्त फिल्म बितरण गरेको दर्शना आर्टसले सोमबार सन्नी लियोनलाई नेपाली सञ्चारकर्मीमाझ भेटाउने प्रयास गरेका थिए ।

Namaste Filmy

Read Previous

वि. पी. कोइरालाको जीवनीमा आधारित फिल्म बन्ने ।

Read Next

'छोडनै नसक्ने नशा लाग्यो, त्यसैले एल्बम निकालेँ'- गायिका मिङस लामा ।