रामकृष्ण ढकालको 'सारङीको तार'मा युवा व्यवसायी धुर्ब केसीको अभिनय (भिडियो )

लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निकै मार्मिक मन छुने ‘सारङीको तार’को गीतको भिडियो सार्वजनिक गरिएको हो । भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत दिनु भएको हो।
ram krishna‘सारङीको तार’को बोलको यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ ।चितवनको व्यसायमा आफ्नो छुट्टै स्थन बनाउन सफल युवा व्यवसायी धुर्ब केसीले यसै गीत मार्फत आफ्नो अभिनय यात्रा पनि सुरु गरेका छन् ।
यस गीतलाई दिपेन्द्र केसी ले निर्देशन गरेका हुन् । नरेन्द्र सिंह को छायांकन रहेको यस भिडियोलाई चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको हो ।निकै मार्मिक मन छुने यस गीतलाई दर्शक स्रोतले आफ्नो पहिलाको गीत हरु जस्तै मन पराउने विश्वास गायक रामकृष्ण ढकालको रहेको छ।

Namaste Filmy

Read Previous

चलचित्र 'पंचायत' को टिजर रिलिज (भिडियो)

Read Next

"प्रेमगीत २" को कभरसङ प्रतिस्पर्धा आह्वान,बिजेता दुई जनालाई एक एक लाख पुरुस्कार