'छोडनै नसक्ने नशा लाग्यो, त्यसैले एल्बम निकालेँ'- गायिका मिङस लामा ।

mings[dropcap][/dropcap]रिब डेढ बर्ष पहिले आफ्नो पहिलो एल्बम इट ह्यप्पन्स बाट संगीतमा डेब्यु गरेकी गायिका मिङस लामा संगीतमै आफुलाई स्थापित गराउने क्रममा छिन । संगीतको नसा लागेपछि एल्बम निकालेर त्यसको प्यास मेटाएको उनको भनाई छ । सानो उमेरमै २०५१ सालमा विवाह गरेकि मिङसले संगीतमा लागीरहंदा परिवारको पनि राम्रो साथ पाउदै आइरहेकि छिन । राजधानीमा हुने अधिकांश स्टेज शोहरुमा ब्यस्त रहदै आएकि मिङस संग नमस्ते फिल्मीका लागी ज्ञानेन्द्र तामाङ ले गरेको कुराकानी :

मिङस जी यहांलाई स्वागत छ ।
हजुर नमस्ते ।
अराम हुनुहुन्छ ?
हजुर अराम छु ।
के मा ब्यस्त हुनुन्छ आजभोली ?
यस्तै हो म्युजिक फिल्डमा, गीतहरुको प्रोमोशन चलिराको छ ।
तपाईको फस्ट एल्बम बजारमा आइसक्याछ, कस्तो पाउनुभयो स्रोताहरुबाट प्रतिक्रिया ?
धेरै नै राम्रो प्रतिक्रिया पाएकीे छु । काठमण्डुलगायत आउट अफ भ्याली बाट पनि स्रोताहरुले एकदमै मन पराइदिनुभयो mings 1
अलिकति तपाईको संघर्षको कुरा गरौ कसरी प्रवेश गर्नुभो संगीतमा ?
मेरो सानै देखिको रुचि, म्युजिकमा एकदमै क्रेजी हैन, बीचमा अलिकति ग्याप भएपनि म्युजिकलाई छोडनै नसक्ने नशा लाग्यो सो म्युजिकलाई नै निरन्तरता दिए ।
अब तपाई विवाहीत मान्छे, गायनमा लागीरहदा पारिवारिक झमेलाहरु आउदैन ?

हैन त्यस्तो छै मेरो श्रीमान पनि एकदमै बुझ्ने हुनुहुन्छ सबैबाट राम्रो सपोर्ट पाएको छु ।

अब अहिले तपाई एउटा राम्रो गायिका बन्नुभएको छ, के भन्नुहुन्छ परिवारका सदस्यहरुले ?
मेरा सासु, ससुरा, ममी दाजुभाईहरुले एकदमै प्राउड फील गर्नुहुन्छ । मेरो बुहारी, मेरी छोरी गायिका हो भनेर गर्व गर्नुहुन्छ ।
अब तपाईको नयां गीत स्रोताहरुले कहिले सुन्न पाउनुहुन्छ ?
छिट्टै्र पाउनुहुन्छ । मेरो फस्ट एल्बमको चार वटा गीतको म्युजिक भिडियो पनि तयार भएको छ । विभिनन मिडियाहरुबाट मेरा गीतहरु बजिराखेको छ ।
सेकेन्ड एल्बम चाहि कहिले आउछ तपाईको ?
त्यसको लागी चाहि अलि प्रिपेरेशन गरिरहेको छैन । तर अब छिट्ट एल्बम गर्ने सोचाईमा छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
फस्ट अफ अल हजुरलाई एकदमै धन्यबाद । र मेरा प्यारो स्रोताहरुलाई चाहि हामी जस्तो नयां कलाकारलाई पनि माया गरिदिनुहोला । अझै नयां नयां गीतहरु लिएर आउछु, साथ दिनुहोला भन्न चाहन्छु ।

Namaste Filmy

Read Previous

नेपालको प्रशंसा गर्दै सोमबार मुम्बई फर्किइन सन्नी लियोन ।

Read Next

छयांकनमा 'ठुली' । निर्देशक बोहोरा भन्छन- 'हिरो बन्ने दिन गैसके ।'