केकी र नाजिरको ‘राज्जा रानी’पुस २८ मा आउने

चलचित्र ‘राज्जा रानी’ ले प्रदर्शन मिति घोषणा गरेको छ । केकीअधिकारी र नाजिर हुसेनको मुख्य अभिनय रहेको ‘राज्जा रानी’ पुस २८ गते बाट पदर्शनमा आउने भएको छ । बुधबार चलचित्र वितरण कम्पनी एफडी र निर्माता बिच चलचित्र पुस २८ मा प्रदर्शन गर्ने सहमति भएको हो । निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले उक्त मितिमा सिनेमा प्रदर्शन हुने कुराको पुष्टि गरे ।
rajja raniचलचित्रलाई कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र रानी लेखि सकेका थापाको निर्देशन गरेका हुन् । लेखक यम थापाको पहिलो निर्देशन राज्जा रानीमा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया मुख्य भूमिकामा देखिनेछन्।लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय रहेको छ ।
फिल्मले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । केकी र नाजिरले रोमान्टिक जोडीको रुपमा फिल्ममा केमेस्ट्री बुनेका छन् । ताराप्रकाशलिम्बु र दीपकशर्माको संगीत, पुरुषोत्तमप्रधानको छायांकन, कविराजगहतराजको नृत्य निर्देशनरहेको छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री खुश्बु खड्कालाई किन छटपटी हुदैछ !(भिडियो)

Read Next

“सायद २”को मे १४ मा जापानमा बिशेष प्रदर्शनी