'लालटिन’को ट्रेलर सार्वजनिक,दयाहाङ राई डन बन्दै (भिडियो)

चलचित्र ‘लालटिन’को ट्रेलर सार्वजनिक भएको छ ।सार्बजनिक गरिएको ट्रेलरमा रोमान्स, खुसि, पिडा र एक्सन दृश्य समावेश छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीको अभिनय छ ।
dayahang raiभानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।
देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लालटिन’जेठ २६ बाट रिलिज हुदै छ ।। हरि घलेको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ ।यसअघि सार्वजनिक भएको ‘चमेली’ बोलको आइटम गीतले चर्चा पाईसकेको छ ।

Namaste Filmy

Read Previous

“सायद २”को मे १४ मा जापानमा बिशेष प्रदर्शनी

Read Next

चलचित्र पत्रकार संघद्धारा लम्साललाई सम्मान, ३ जनालाई पुरस्कार