
लोकप्रिय कलाकार अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक भएको छ । चार अक्षरले बनेको लभ (love) शब्दमा केन्द्रित फिल्मले प्रेमकै कथा बोकेको ट्रेलरबाट थाहा हुन्छ ।
ट्रेलरमा भेट्रान कलाकारदेखि नयाँ अनुहारहरु पनि फिचरिङ छन । मिथिला शर्मा र टिका पहारीले भेट्रान लभको झल्को दिएको छ भने अर्पण थापा, ऋचा शर्मा, रेमन दास श्रेष्ठ, रोजिशा शाहि ले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको छ । पुणृतय प्रेमकथामा बनेको फिल्म ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको हो । फिल्मको कार्यकारी निर्माता पनि अर्पण थापा नै रहेका छन । जेठ २६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई युवापुस्ताले मन पराउने संकेत देखिएको छ ।

