माया र एक्सनमय 'कारखाना'को ट्रेलर सार्वजनिक । भिडियो

Karkhanaसाँगितिक रुपमा चर्चामा रहेको फिल्म ‘कारखाना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मभित्रको माया र प्रेम सँगै दमदार एक्सन झल्किएको छ । रोमान्टिक हिरो सुशिल श्रेष्ठ फिल्ममा एक्सनपुर्ण देखिएका छन । उनको सुगठित शरिरसहितको द्धन्दले दर्शक तान्ने ल्याकत राख्ने देखिन्छ ।
फिल्ममा बर्षा सिवाकोटि, नविन लम्साल, जेबिका कार्की, बिकास उप्रेती, सुपी थापा लगायतको अभिनय रहेको छ । सुदिप खड्का र अमर बज्रचार्य निर्माता रहेको फिल्मलाई अमरदिप सापकोटाले निर्देशन गरेका हुन । फिल्म असार ३० बाट रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

शानदार 'ग्यांङस्टार ब्लुज' । ट्रिजर रिलिज

Read Next

'प्रेम गीत २' को अर्को गीत सार्वजनिक । भिडियो