सस्पेन्स थ्रीलर चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (भिडियो )

एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव–निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् ।
manddiraअसार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । चलचित्रको सस्पेन्स–थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ ।
यो चलचित्रमा नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव–कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।
चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् । सन्तोष सेढाई सह–निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हरि भट्ट हुन् ।चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।

Namaste Filmy

Read Previous

‘डायरी’को नयाँ गीत सार्वजनिक (भिडियो )

Read Next

‘म यस्तो गीत गाउँछु’को अडियो जुकबक्स सार्वजनिक