रेखा थापा र आर्यन सिग्देलको दुश्मनी सकियो ,‘रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन

नेपाली चलचित्र क्षेत्रमा कसैको पनि व्यत्तिगत दुस्मनी या दोस्ती लामो समय रही रहदैन् भन्ने कुरा फेरी प्रमाणित गरिदिएको छ ।फिल्म नगरीमा कति बेला दोस्ती हुन्छ या कति बेला दुस्मनी हुन्छ थाहा नै हुदैन ।लामो समय देखि पनि बराबर गरेका दुई स्टार कलाकार पुन एकै चलचित्रमा देखिने भएका छन् ।कुनै समय सुपर हिट चलचित्र दिएका रेखा थापा र आर्यन सिग्देल सँगै पर्दामा देखिने भएका छन् ।
aaryan rekhaरेखा फिल्मसबाट बन्ने नयाँ फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यन खेल्ने भएका छन् ।रेखा फिल्मसबाट बनेको ‘किस्मत’ फिल्मबाट रजतटपमा नायकको रुपमा डेव्यु भएका आर्यन र रेखाले ‘किस्मत’ सहित, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका छन् ।तर केहि समय अघि बाट यी जोडी पानि बराबर समेत भएको थियो । उनीहरुको बोलचाल समेत भएको थिएन ।अब यी जोडीले ओउरनो दुस्मनी भुलेर चलचित्र ‘रुद्रप्रिया’मा सगै काम गर्ने भनेको नेपाली चलचित्र क्षेत्रको पानि राम्रो कुरा हो।
rekha aryan‘उसँग मेरो व्यत्तिगत दुश्मनी कहिल्यै पनि थिएन, मैंले मिडियामा पनि केही पनि भनेको थिइँन्’ आर्यनले भने, ‘अहिले स्क्रिप्टले बोलायो । तपाईंहरुले सोचे जस्तो झगडा नै भएको भएपनि मैंले खेल्ने फिल्मको क्यारेक्टरसँग त झगडा परेको छैन नि !’
यता रेखाले आर्यन र आफ्नो जोडी हलमा नआउँदा फिल्म क्षेत्रलाई नै घाटा लागेको बताइन् । ‘दर्शकहरुलाई पनि अपराध गरेको जस्तो लाग्यो किनभने हाम्रो जोडीलाई दर्शकले अत्याधिक रुचाउनु भएको थियो ।’
चलचित्र ‘रुद्रप्रिया’ सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन यहि जेठ महिनाको पहिलो सातादेखि छायाँकन सुरु हुनेछ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ ।
फोटो : उद्धव रसाइली

Namaste Filmy

Read Previous

२५६१ औ बुद्ध जयन्तिमा उपराष्ट्रपति बाट लूम्बिनीमा रमित ढुंगाना सम्मानित

Read Next

‘इन्टु मिन्टु लण्डनमा’मा साम्राज्ञी लक्ष्मी शाहसग धिरज मगरले रोमान्स गर्ने