छयांकनमा 'ठुली' । निर्देशक बोहोरा भन्छन- 'हिरो बन्ने दिन गैसके ।'

thuliii [dropcap][/dropcap]सअघि फिल्म ‘मुटु’ को सफलताले हौसिएका निर्देशक सुर्य बोहोरा यतिबेला नयां फिल्म ‘ठुली’को छयांकनमा ब्यस्त भएका छन । पछिल्लो पटक उनले निर्देशन गरिरहेको फिल्म ठुलीको सोमबार भद्रकाली मन्दिरमा मुहुर्त गरि औपचारिक छयांकनको सुरुवात गरिएको थियो । फिल्मको आज मंगलबार बालाजुस्थित एक स्टुडियोमा धमाधम छयांकन चलिरहेको छ । मंगलबारको सुटिङमा फिल्मका मुख्य नायक जीवन लुइटेल तथा पुराना कलाकार अनन्त थापाको दृश्यहरु खिचिदैछ भने साझपख नायिका गरिमा पन्तको दृश्य पनि खिचिने निर्देशक बोहोराले जानकारी गराएका छन । केहि दिनमा काठमण्डौको सम्पुर्ण छयांकन सकाएर फिल्म युनिट बेनी, बाग्लुङ, चितवन लगायतका स्थानमा एक्सन कटको लागी जानेछन ।thuli shootएभरेष्ट कला यात्रा फिल्मसको प्रस्तुतीमा सुशिल बस्नेतले निर्माण गरिरहेको फिल्मको छयांकन भने शेर बहादुर लामाले गरिरहेका छन । फिल्ममा जीवन लुइटेल र गरिमा पन्तको अलवा अनन्त थापा, बिशाल दवाडी, कञ्चन ठकुरीलगायतको अभिनय रहनेछ । बसन्त सापकोटाको सुमधूर संगीत रहेको फिल्मका गीतहरु राजेश पायल राई, अन्जु पन्त, इन्दिरा जोशी, मनिषा पोखरेल लगायतले गाएका छन ।

निर्देशक बोहोराले यसअघि पनि अग्निपरिक्षा, कान्छा लगायतका सुपरहिट फिल्महरु निर्माण एवं निर्देशन गरिसकेका छन । उनको निर्माण एवं निर्देशनमा तयार भएको फिल्म मुटु केहि महिना अघि मात्र प्रदर्शनमा आएको थियो । फिल्म मुटुलाई दर्शकहरुले एउटा राम्रो फिल्मको संज्ञा दिदै निकै रुचाएका थिए । thuliयसरी एकपछि अर्को सफल र हिट फिल्म दिइरहेका निर्देशक बोहोरा निर्देशनमा मात्र सिमित नभई अभिनयमा पनि उतिकै अब्बल छन । उनी फिल्म निर्देशन संगै फिल्मको केहि न केहि भुमिकामा देखिने गरेका छन । यसरी हरेक फिल्ममा पर्दामा देखिदै आएको बोहोरालाई ‘ह्यान्डसम हुनुहुन्छ आफै फिल्मको हिरो बने भइहाल्यो नि’ भन्ने नमस्ते फिल्मीको जिज्ञासामा उनले हास्दै भने- ‘म हिरो बन्ने दिन गइसके । बनेको भए जामानामै बन्नुपथ्र्यो अब त निर्देशक बन्नुमै ठिक छ ।’

Namaste Filmy

Read Previous

'छोडनै नसक्ने नशा लाग्यो, त्यसैले एल्बम निकालेँ'- गायिका मिङस लामा ।

Read Next

आमा बनेपछि खुशी छिन प्रियंका चोपडा ।